संसद्को बजेट अधिवेशन वैशाख २८ मा  

शुक्रबार, वैशाख २१, २०८१

काठमाडौं । सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ  ।  बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशनका निम्ति सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।  सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । उनका अनुसार मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्ने गरी संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । बजेट अधिवेशनलाई बर्खे अधिवेशन पनि भनिन्छ । सरकार अहिले बजेट निर्माणको चरणमा छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ०४:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार