भोजपुरमा जिप दुर्घटना

मंगलबार, वैशाख १८, २०८१

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खस्दा एक जनाको ज्यान गएको हो । दुर्घटनामा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको छ । घाइतेहरूको पहिचान खुल्न सकेको छैन ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०४:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार