गोकर्ण विष्टले विहानै आह्वान गरे पार्टी एकताका लागि

बिहीबार, जेठ १३, २०७८

काठमाडौं । एमाले नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म प्रयासरत रहेको बताएका छन् । एमाले नेता विष्टले बिहीबार बिहान ट्वीट गर्दै नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने उल्लेख गरेका हुन् ।

नेता विष्टले  एमालेको अल्पमत समूह माधवकुमार नेपाल-झलनाथ खनालसहित १५ नेताहरूले बुधबार जारी गरेको संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका थिए । नेताहरुको संयुक्त वक्तव्यमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले चालेका असंवैधानिक कदम विरुद्ध एकताबद्ध संघर्ष अपरिहार्य रहेको उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  ०९:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार