ललितपुर महानगरको सार्वजनिक सुनुवाई लगनखेलमा शुक्रवार  

आइतबार, वैशाख १६, २०८१

ललितपुर । ललितपुर महानगरले आउँदो शुक्रवार सार्वजनिक सुुनुवाई कार्यक्रम आयोजना गर्ने भएको छ ।
लगनखेलस्थित नमूना मच्छिन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने महानगरले जनाएको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले विकास निर्माण, सम्पदा संरक्षण, सामाजिक विकास तथा सेवा प्रवाह लगागतका विषयमा जिज्ञासा, गुनासो प्रतिक्रिया र सुझाव लिन सार्वजनिक सुनुवाई आयोजना गरेको बताए । उनले भने, ‘यो कार्यक्रम महानगरको लागि महत्वपूर्ण कार्यक्रम हो, फिडब्याक लिने कार्यक्रमको रुपमा लिएका छौं ।’ उनले सरोकारवाला र नगरवासीलाई कार्यक्रममा सहभागी भएर विकास निर्माण, महानगरले गर्ने प्रवाह गर्ने सेवा प्रवाहका बारेमा आफ्नो धारणा राख्न समेत अनुरोध गरे । महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीद्धारा जारी सूचनामा कार्यक्रम १ बजे सुरु हुने उल्लेख छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २१:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार