सुदूरपश्चिम प्रदेशमा एमाले भित्र विवाद

संसदीय दलको बैठक बस्न सकेन
मंगलबार, जेठ ११, २०७८

धनगढी । नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि आजका लागि बोलाइएको  सुदूरपश्चिम आपसी विवादपछि स्थगित  भएको छ । आज स्थगित दलको बैठक  बुधबार बिहान साढे ८ बजे बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले जानकारी दिए । उनले बैठकमा एमालेका सबै सदस्यलाई खबर गरिएको जानकारी दिए । आजको बैठकमा नेता माधकुमार नेपाल पक्षका सांसदलाई मात्रै खबर खरिएको थियो । बुधबार हुने बैठकमा आफूहरूलाई पनि खबर आएको संस्थापन पक्षका सांसद एवं एमाले कैलालीका अध्यक्ष रतन थापाले बताए । नेता भीमबहादुर रावलनिकट भएका कारण दलको नेता अहिलेकै सरकारलाई समर्थन दिने मनसायमा रहेको नेपाल समूहकै केही नेताहरू बताउँछन् तर, केही नेपाल पक्षकै केही सांसदहरू भने पार्टी केन्द्रको निर्देशन पालना गर्नुपर्नेमा जोड दिइरहेका छन् ।–रासस

 

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  २२:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार