ललितपुर महानगर २४ नं. वडाद्धारा आयोजित खेलकुद सप्ताहको समापन भोलि (भिडियो)

महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विजयी खेलाडीलाई नगद पुरस्कार-शिल्ड प्रदान गर्ने 
शुक्रबार, वैशाख ७, २०८१

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा धापाखेलले आयोजना गरेको सप्ताहव्यापी खेलकुद प्रतियोगिता भोलि सकिँदै छ ।  दोस्रो ७ ए साइड दोस्रो डोलकप फुटबल प्रतियोगिता तथा प्रथम २४ नं. वडा व्यापी ब्याडमिन्टन नाम दिएर वडा कार्यालयले सप्ताहव्यापी खेलकुद प्रतियोगिता आयोजना गरेको छ । नयाँ वर्षको पहिलो दिन गत शनिबारदेखि ती दुबै प्रतियोगिता सुरु भएका हुन् । समापन समारोहअघि फुटलब तथा ब्याडमिन्टनतर्फको फाइनल खेल हुँदैछन् ।  खेलकुदलाई उच्च प्राथमिकता दिँदै वडा नं २४ ले खेलकुद सप्ताहको आयोजना गरेको हो।  खेलप्रेमिलाई एक ठाउँमा ल्याउन वडा कार्यालयको युवा तथा खेलकुद विकास समितिले नयाँ वर्ष २०८१ को सुरुवातसँगै अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरेको हो । अध्यक्ष कप खेलकुद प्रतियोगिताअन्तर्गत फुटबल र ब्याडमिन्टनका खेल आयोजना गरिएका थिए ।  भोलि शनिबार अपराह्न धार्मिक पर्यटकीय स्थल नागदह नजिकैको डोल फुटबल मैदानमा महानगर वडा नं. २३ चिवाहल तथा महानगर वडा नं. २५ बीच फाइनल प्रतियोगिता हुँदैछ ।  बिहीबार भएका सेमिफाइनल खेलबाट यी दुई टोली फाइनल प्रवेश गरेका हुन् ।  सेमिफाइनलमा महानगर वडा नं. २३ चिवाहल क्लबले वडा नं २४ स्थित जनमार्ग ए टोलीलाई हराउँदै फाइनल प्रवेश गरेको हो भने वडा नं १८ लाई हराउँदै वडा नं. २५ फाइनल प्रवेश गरेको हो । 
शनिबार नै ब्याडमिन्टनतर्फको पनि फाइनल खेल हुनेछ । 

seven-a-side-1713498293.jpg
खेलकुद सप्ताहको समापन समारोहमा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विजयी टोलीलाई नगर पुरस्कार तथा ट्रफि प्रदान गर्ने कार्यक्रम छ ।  युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको उक्त खेलकुद प्रतियोगितामध्ये  डोलकप फुटबल प्रतियोगितामा महानगरपालिका भित्रका २० टिमको सहभागी थिए ।  यस्तै प्रथम २४ नं वडा व्यापी ब्याडमिन्टन प्रतियोगितातर्फ खुल्ला उमेर समूह (पुरुष डबल)मा १२ वटा टिम तथा ५० वर्ष भन्दा माथिका ६ वटा टिमका सहभागी थिए ।  खेलकुद प्रतियोगितामध्ये फुटबलतर्फ प्रथम हुनेलाई ७७७७७ रुपैयाँ नगदसहित ट्रफि प्रदान गरिने छ । दोस्रो हुनेलाई ३३३३३ रुपैयाँ नगदसहित ट्रफि प्रदान गरिने वडाअध्यक्ष दिनेशजंग पाण्डेले जानकारी दिनुभयो । यस्तै प्रतियोगिता अवधिभर भएका खेलमा उत्कृष्ठ खेलाडीलाई ट्रफि तथा खेलका उत्कृष्ठ खेलाडी, धेरै गोल गर्ने खेलाडीलाई पनि ट्रफिको व्यवस्था गरिएको थियो । ब्याडमिन्टनतर्फ  खुल्ला उमेर समूह (पुरुष डबल) का विजेतालाई २० हजार नगदसहित ट्रफि, द्धितीय हुनेलाई १० हजार नगदसहित ट्रफि तथा ५० वर्ष भन्दा माथिको उमेर समूहका खेलाडीमध्ये प्रथम हुनेलाई १० हजार नगदसहित ट्रफि तथा द्धितिय हुनेलाई ५ हजार नगदसहित ट्रफि प्रदान गरिनेछ । 

Final--1713497337.jpg
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०९:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार