ललितपुर महानगर २४ नं. वडाद्धारा आयोजित खेलकुद सप्ताहमा आज सेमिफाइनलका दुई खेल हुँदै (भिडियो) 

समापन समारोहकी प्रमुख अतिथि महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य
बिहीबार, वैशाख ६, २०८१

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालय धापाखेलले आयोजना गरेको सप्ताहव्यापी खेलकुद प्रतियोगितामा आज फुटबलतर्फ दुईवटा सेमिफाइनलका खेलहरू हुँदैछन् । वडा नं २४ ले खेलकुदलाई उच्च प्राथमिकता दिँदै खेलकुद सप्ताहको आयोजना गरेको छ ।  खेलप्रेमिलाई एक ठाउँमा ल्याउन वडा कार्यालयको युवा तथा खेलकुद विकास समितिले नयाँ वर्ष २०८१ को सुरुवातसँगै अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरेको हो । अध्यक्ष कप खेलकुद प्रतियोगिताअन्तर्गत फुटबल र ब्याडमिन्टनका खेल आयोजना गरिएका छन् । दोस्रो ७ ए साइड दोस्रो डोलकप फुटबल प्रतियोगिता तथा प्रथम २४ नं. वडा व्यापी ब्याडमिन्टन नाम दिएर सप्ताहव्यापी प्रतियोगिता सुरु गरी २४ नं वडा खेलमय भएको छ ।  नयाँ वर्षको पहिलो दिनदेखि ती दुबै प्रतियोगिता सुरु भएका हुन् । बिहीबार फुटलबतर्फ २ वटा सेमिफाइनल प्रतियोगिता हुँदैछन् । 

Dinu--1713409599.jpg

धार्मिक पर्यटकीय स्थल नागदह नजिकैको डोल फुटबल मैदानमा भइरहेको खेलकुदअन्तर्गत आज पहिलो सेमिफाइनल खेल महानगर वडा नं. २३ चिवाहल क्लब र वडा नं २४ स्थित जनमार्ग ए बीच दिउसो २ बजे हुँदैछ । यस्तै अपराह्न ४ बजे वडा नं १८ तथा वडा नं २५ का खेलाडीबीच दोस्रो सेमिफाइनल प्रतियोगिता हुँदैछ । फाइनलका लागि छनोट भएका टिमबीच आगामी शनिबार फाइनल खेल हुनेछ । सोही दिन नै ब्याडमिन्टनतर्फको पनि फाइनल खेल हुनेछ । पर्सि शनिबार खेलकुद सप्ताहको समापन समारोह आयोजना गरिने वडाअध्यक्ष दिनेशजंग पाण्डेले जानकारी दिनुभयो । समापन समारोह महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यलाई प्रमुख अतिथि बनाइएको छ । खेलकुद सप्ताहका सन्दभमा शब्दपाटीसँग कुराकानी गर्दै वडाअध्यक्ष दिनेशजंग पाण्डेले स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खेल क्षेत्रलाई वडा नं २४ ले उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो । आगामी वर्ष खेलकुदका थप विधा समेट्दै वडाले खेलकुद कार्यक्रम आयोजना गर्ने उहाँले बताउनुभयो । 

Dinu-1-1713409599.jpg
युवा तथा खेलकुद विकास समितिको आयोजनामा भइरहेको उक्त खेलकुदमध्ये  दोस्रो ७ ए साइड डोलकप फुटबल प्रतियोगितामा महानगरपालिका भित्रका २० टिमको सहभागिता रहेको छन् । 
यस्तै प्रथम २४ नं वडा व्यापी ब्याडमिन्टन प्रतियोगितातर्फ खुल्ला उमेर समूह (पुरुष डबलसहित) १२ वटा टिमको सहभागिता रहेको छ भने ५० वर्ष भन्दा माथिका ६ वटा टिमका सहभागिता रहेको खेलकुद समितिका सदस्य मनोज मर्हजनले जानकारी दिए । खेलकुद प्रतियोगितामध्ये फुटबलतर्फ प्रथम हुनेलाई ७७७७७ रुपैयाँ नगदसहित ट्रफि प्रदान गरिने छ । दोस्रो हुनेलाई ३३३३३ रुपैयाँ नगदसहित ट्रफि प्रदान गरिने छ । यस्तै प्रतियोगिता अवधिभर भएका खेलमा उत्कृष्ठ खेलाडीलाई ट्रफि तथा खेलका उत्कृष्ठ खेलाडी, धेरै गोल गर्ने खेलाडीलाई पनि ट्रफिको व्यवस्था गरिएको छ । ब्याडमिन्टनतर्फ  खुल्ला उमेर समूह (पुरुष डबल) का विजेतालाई २० हजार नगदसहित ट्रफि, द्धितीय हुनेलाई १० हजार नगदसहित ट्रफि तथा ५० वर्ष भन्दा माथिको उमेर समूहका खेलाडीमध्ये प्रथम हुनेलाई १० हजार नगदसहित ट्रफि तथा द्धितिय हुनेलाई ५ हजार नगदसहित ट्रफि प्रदान गरिनेछ । गत शनिबार डोलस्थित फुटबल मैदानमा बागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जनले प्रतियोगिताको उद्घाटन गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०९:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार