आइसोलेसनलाई कामधेनुको दूध तथा दुग्धजन्य पदार्थ निःशुल्क 

मंगलबार, जेठ ११, २०७८

इटहरी । इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडले इटहरीको आइसोलेसनलाई ३ महिनाका लागि दूध तथा दुग्धजन्य पदार्थ निःशुल्क प्रदान गर्ने भएको छ । इटहरीमा उद्योग वाणिज्य संघको नेतृत्वमा मारवाडी सेवा समिति इटहरी,श्री कृष्ण प्रणामी मन्दिर, नेपाल प्रेस युनियन सुनसरी, नेपाल युवा उद्यम मंचको सहकार्यमा सञ्चालन हुन लागेको आइसोलेसनका लागि कामधेनुले दूध  तथा दुग्धजन्य पदार्थ निःशुल्क दिने भएको हो । 
 सहकारी संस्थाका निमित्त व्यवस्था निर्देशक पर्शुराम कार्की (मनोज) , कोभिड व्यवस्थापन समितिका सदस्य एवम् प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी सहितका पदाधिकारीले प्रतिबद्धतापत्रमा सम्झौता गरेका थिए । कामधेनुका निमित्त व्यवस्था निर्देशक कार्कीले सामाजिक उत्तरदायित्व अन्तर्गत आइसोलेसनलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । यसैगरी इटहरीमा रहेको तमोर डेरी उद्योगले पनि आइसोलेसनलाई पहिलो एक महिनाका लागि दूध तथा दुग्धजन्य पदार्थ निःशुल्क प्रदान गर्ने भएको छ । 
आइसोलेसनमा खेलकुदका सामग्रीहरु, फ्री ईन्टरनेट सेवा सहित योगको समेत व्यवस्था गरिनेछ । 

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १२:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार