ललितपुर महानगर २४ नं. वडाद्धारा आयोजित खेलकुदमा खेलाडीको उत्साहजनक सहभागिता (भिडियो)

आज फुटबलतर्फ ३ खेल हुँदै
मंगलबार, वैशाख ४, २०८१

धापाखेल(ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालय धापाखेलले खेलकुदलाई उच्च प्राथमिकता दिएको छ ।  वडा कार्यालयको युवा तथा खेलकुद विकास समितिले नयाँ वर्ष २०८१ को सुरुवातसँगै अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरी खेलप्रेमिलाई एक ठाउँमा ल्याउन सफल भएको छ । अध्यक्ष कप खेलकुद प्रतियोगिताअन्तर्गत फुटबल र ब्याडमिन्टनका खेल आयोजना गरिएका हुन् । दोस्रो ७ ए साइड दोस्रो डोलकप फुटबल प्रतियोगिता तथा प्रथम २४ नं. वडा व्यापी ब्याडमिन्टन नाम दिएर अलग अलग प्रतियोगिता सुरु भएका कारण २४ नं वडा अहिले खेलमय भएको छ । 

ft-1713232802.jpg

नयाँ वर्षको पहिलो दिन ती दुबै प्रतियोगिता सुरु भएका हुन् । आज मंगलबार फुटलबतर्फ ३ वटा प्रतियोगिता हुनेछन् । 
युवा तथा खेलकुद विकास समितिको आयोजनामा भइरहेको उक्त खेलकुदमध्ये  दोस्रो ७ ए साइड डोलकप फुटबल प्रतियोगितामा महानगरपालिका भित्रका २० टिमको सहभागिता रहेको छन् । ती मध्ये सोमबारसम्ममा ९ वटा खेल सम्पन्न भइसकेका छन् । 

dp-1713232794.jpg

यस्तै प्रथम २४ नं वडा व्यापी ब्याडमिन्टन प्रतियोगितातर्फ खुल्ला उमेर समूह (पुरुष डबलसहित) १२ वटा टिमको सहभागिता रहेको छ भने ५० वर्ष भन्दा माथिका ६ वटा टिमका सहभागिता रहेको खेलकुद समितिका सदस्य मनोज मर्हजनले जानकारी दिए । खेलकुद प्रतियोगितामध्ये फुटबलतर्फ प्रथम हुनेलाई ७७७७७ रुपैयाँ नगदसहित ट्रफि प्रदान गरिने छ । दोस्रो हुनेलाई ३३३३३ रुपैयाँ नगदसहित ट्रफि प्रदान गरिने छ । यस्तै प्रतियोगिता अवधिभर भएका खेलमा उत्कृष्ठ खेलाडीलाई ट्रफि तथा खेलका उत्कृष्ठ खेलाडी, धेरै गोल गर्ने खेलाडीलाई पनि ट्रफिको व्यवस्था गरिएको छ । ब्याडमिन्टनतर्फ  खुल्ला उमेर समूह (पुरुष डबल)का विजेतालाई २० हजार नगदसहित ट्रफि, द्धितीय हुनेलाई १० हजार नगदसहित ट्रफि तथा ५० वर्ष भन्दा माथिको उमेर समूहका खेलाडीमध्ये प्रथम हुनेलाई १० हजार नगदसहित ट्रफि तथा द्धितिय हुनेलाई ५ हजार नगदसहित ट्रफि प्रदान गरिनेछ । 

TT-1713232810.jpg

गत शनिबार डोलस्थित फुटबल मैदानमा बागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जनले प्रतियोगिताको उद्घाटन गरेका थिए । युवा तथा खेलकुद विकास समितिका संयोजक एवम् वडा नं २४ का वडाअध्यक्ष दिनेशजंग पाण्डेको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा वडा नं. २४ मा क्रियाशील राजनीतिक दलका संयोजकहरूले शुभकामना मन्तव्य दिएका थिए ।
समारोहमा ललितपुर महानगरपालिका कार्यपालिका सदस्य रामशरण पहेली, वडाका जनप्रतिनिधि उद्धव बस्नेत, निशा मालबुल तथा हरिकृष्ण महर्जनको उपस्थिति रहेको थियो । उद्घाटन सत्रको खेल हेर्न खेलप्रेमि वडावासीको बाक्लो उपस्थिति रहेको थियो ।

mm-1713232786.jpg

उद्घाटन समारोहमा प्रदेश सभा सदस्य रघुनाथ महर्जनले आफूले २४ नं वडा धापाखेलका खेलाडीसँग फुटबल खेलेको स्मरण गर्दै खेल मैदानको स्तरोन्नतिका लागि प्रदेश सरकार तथा संघीय सरकारबाट बजेट विनियोजनका लागि पहल गर्र्ने बताए । 
सभापतिको आसनबाट २४ नं. वडाका वडाअध्यक्ष दिनेशजंग पाण्डेले आफ्नो वडाले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिँदै यस प्रकारको प्रतियोगिता आयोजना गरेको जानकारी दिए ।  

kp-1713232786.jpg
kkd-1713232792.jpg
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार