सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा थप ७,४२५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । चौविस घण्टाको अवधिमा १८५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा २०,४५३ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा सङ्क्रमण पुष्टि भएको हो । यो सययवधिमा ७,१३५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालय सोमवार जानकारी दिएको हो । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख २० हाजरभन्दा बढी भएको छ भने मृतकको सङ्ख्या ६,५३१ पुगेको छ। अहिले पनि काठमाडौंमा उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा भक्तपुरमा २९८, ललितपुरमा ६८१ र काठमाडौंमा १,८०६ गरी उपत्यकामा कुल २,७८५ जनामा कोभिड पुष्टि भएको हो । मन्त्रालयका अनुसार अहिले देशभरि एक लाख १५ हजार ४४१ जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये एक लाख आठ हजार ७१ जना घरमै छन् भने ७,३७८ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले १,६९७ जना आईसीयूमा ४६७ जना भेन्टिलेटरमा छन् ।
के छ भारतको स्थिति ? नेपालसँग सीमा जोडिएको भारतमा ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिने क्रम जारी छ । अहिले विश्वव्यापी महामारीको केन्द्रमा रहेको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ । तर सक्रिय सङ्क्रमितको सङ्ख्या क्रमशः घट्न थालेको सरकारले जनाएको छ। भारतमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या तीन लाख नाघेको छ । महामारीको दोस्रो लहरमा परेको भारतका ग्रामीण क्षेत्रमा भएका मृत्यु नगनिएको हुन सक्ने वास्तविक सङ्ख्या योभन्दा उच्च हुनसक्ने विज्ञहरूले बताएका छन् । भारत सरकारका अनुसार अहिलेसम्म २.६७ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ । त्यहाँ अहिलेसम्म २१.८ करोड मात्रा खोप दिइसकिएको छ ।