वाग्मती प्रदेशसभाको आठौँ अधिवेशन जेठ १६ बस्दै 

सोमबार, जेठ १०, २०७८

वाग्मती । वाग्मती प्रदेशका प्रमुख विष्णु प्रसाईंले प्रदेशसभाको आठौँ अधिवेशन जेठ १६ गते बस्ने गरी आह्वान गरेका छन् । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा अधिवेशन अह्वान गरिएको हो । प्रदेश प्रमुख प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आठौँ अधिवेशन आह्वान गरेका हुन् । आठौँ अधिवेशनको पहिलो दिनमै सरकारले प्री बजेट प्रस्तुत गर्ने र क्रमशः नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गर्ने जनाइएको छ । संविधानमा व्यवस्था भएअनुरुप प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रस्तुत गर्नेछ । असार १ गते प्रस्तुत हुने बजेट निर्माणका लागि सरकार लागिपरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।  

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १६:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार