माधव नेपाल समूहलाई कारवाहीको निर्णय गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

सोमबार, जेठ १०, २०७८

काठमाडौं । आफ्नै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहयोग गरी विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेकपा (एमाले)का माधव कुमार नेपाल समूहलाई कारवाही गर्ने प्रयोजनका लागि  एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । माधव नेपाल समूहका ११ जनालाई उक्त गतिविधिका विषयमा स्पष्टीकरण सोधे पनि नेपाल समूहले स्पष्टीकरण बुझाएको छैन । आज प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदन लिएर जानेमा माधव नेपाल समूका २३ सांसद छन् । यो गतिविधिबाट एमाले संस्थापन पक्ष झनै यो समूहसँग रुष्ट छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बैठक बोलाइएको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा आगामी बजेट, पार्टीले सोधेको स्पष्टीकरण तथा सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल हुने बताए ।  उनले बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सरकारको दावीसहित सर्वाेच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गर्ने थप सांसदलाई पनि स्पष्टीकरण सोधिने बताए । ‘विपक्षी कांग्रेसको नेतृत्वमा सरकारको दावी गर्दै सर्वाेच्च अदालतमा दायर गर्ने रिटमा हस्ताक्षर गर्ने नेता तथा सांसदलाई पनि  थप स्पष्टीकरण सोधिने छ’, उनले भने ।  यही जेठ ८ गते बसेको स्थायी कमिटी बैठकले पार्टीका नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोधेको थियो । पार्टीले सोधेको स्पष्टीकरण पेश गर्न आज समयसीमा तोकिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार