गोदावरी नगरपालिकाद्धारा उपत्यका अन्तर पालिका स्तरीय फुटबल प्रतियोगिताको तयारी तीब्र 

बिहीबार, चैत २९, २०८०

ललितपुर । गोदावरी नगरपालिकाले प्रथम उपत्यकाव्यापी अन्तर पालिका स्तरीय फुटबल प्रतियोगिताको तयारी तीव्र पारेको छ । गोदावरी नगरपालिकाले अन्तर पालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिताका लागि पालिकाबाट खेलाडी छनोट भई समूह निर्माणको काम भइरहेको गोदावरी नगरपालिका वडा नं.१४ का वडाअध्यक्ष एवं खेलकुद संयोजक निरोज बज्राचार्यले जानकारी दिए ।  नगरप्रमुख गजेन्द्र महर्जनले खेलकुदको विकासका लागि प्रतियोगिता आयोजना गरेको बताए । उनले भने, ‘खेलाडी उत्पादन गर्न र खेलाडीलाई प्रोत्साहित गर्न यो कार्यक्रम आयोजना गरेका हौं । 

WhatsApp-Image-2024-04-11-at-19.06.58-(1)-1712841820.jpeg
प्रतियोगितामा प्रथम हुनेलाई पाँच लाख, दोस्रो हुनेलाई तीन लाख नगद पुरस्कार प्रदान गरिने नगरपालिकाले जनाएको छ । उत्कृष्ट हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको खेलकुद संयोजक बज्राचार्यले बताए ।  गोदावरी नगरपालिकाको वडा नं.१० स्थित टाखेलमा निर्माण भएको खेलमैदानमा वैशाख १५ गतेदेखि प्रतियोगिता सुरु हुनेछ । 
यसैबीच, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले प्रतियोगिता आयोजना हुने खेल मैदानको अवलोकन गरेका छन् । खेलाडीलाई प्रोत्साहित गर्न गोदावरी नगरपालिकाले आयोजना गरेको प्रतियोगिता सफलता पूर्वक सम्पन्न गर्न ललितपुर महानगरका मेयर महर्जनले शुभकामना दिए ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार