एमालेका १४ प्रदेशसभा सदस्यले बुझाए स्पष्टीकरण

आइतबार, जेठ ९, २०७८

वाग्मती । नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले  स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्टरूपमा स्पष्टीकरण बुझाएको एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।  बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका मानिने १४  प्रदेशसभा सदस्यहरूलाई स्पष्टीकरण माग गरेको थियो ।  प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानअनुसार कारवाही गरिने मुख्य सचेतक निरौलाले बताए । ‘उहाँहरूलाई कारवाही गर्ने सम्पूर्ण अधिकार बोर्डले बोर्ड अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेललाई दिएको छ’, उनले भने । 
बोर्डको शनिबारको बैठकले शाक्यसहित राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मुनु सिग्देल, वसुन्धरा हुमागाईँ, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीलाई स्पष्टीकरण माग गरेको थियो । 
 

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  २२:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार