विपक्षीलाई चुनावी सरकारमा आउन प्रधानमन्त्रीको आह्वान

आइतबार, जेठ ९, २०७८

काठमाडौँ । विपक्षी गठबन्धन एमालेकै अल्पमत समूहलाई लिएर आफ्नैविरुद्ध मोर्चावन्दी गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने सबै दलको सहभागितामा चुनावी सरकार गठन गठन गर्न सकिने भन्दै दलहरूलाई चुनावी सरकारमा आउन आह्वान गरेका छन् । विपक्षी दलले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रूपमा हस्ताक्षर गराएर प्रधानमन्त्रीका लागि दावी गरेको जनाउँदै उनले यस्ता गतिविधिले मुलुक मध्यावधि निर्वाचनमा गएको दाबी गरे ।  प्रेस चौतारी नेपालले आज आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा उनले निर्वाचनमा भाग लिन सबै पक्षलाई आग्रह गर्दै संविधानबमोजिम आफ्नो नेतृत्वको राष्ट्रिय सरकार बनाएर निर्वाचनमा जान आफू तयार रहेको स्पष्ट पारे । संसदीय राजनीतिक प्रणालीका आधारमा आफूले प्रधानमन्त्रीमा गरेको दावी उपयुक्त भए पनि विश्वासको मत पाउने सक्ने आधार नदेखेपछि राष्ट्रपतिले दुवै पक्षको दावी अस्वीकार गर्नुभएको धारणा उनले राखे ।  उनले आगामी आर्थिक वर्षको बजेट कोभिड नियन्त्रणमा प्राथमिकता दिँदै जेठ १५ गते नै अध्यादेशबाट आउने जानकारी दिए । उनले पार्टीमा रहेर सरकारविरुद्ध विपक्षीसँग साँठगाँठ गर्नेहरूलाई कारबाही गरिने स्पष्ट पारेका छन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  २२:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार