सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर : नेपाली कांग्रेस ललितपुरले मध्यरातमा प्रतिनिधिसभा विघटन गर्नुलाई राष्ट्रपति र प्रधानमन्त्रीको षडयन्त्रको संज्ञा दिदैं उनीहरु नेपालको संविधान समाप्त पार्न उद्दत रहेको टिप्पणी गरेको छ ।नेपाली कांग्रेस ललितपुर सभापति मदन बहादुर अमात्यद्धारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, यी सम्पूर्ण काम राष्ट्रपति र प्रधामन्त्रीको वदनियतपूर्ण ढंगले मिलेमतोमा पडयन्त्रपूर्वक भएको छ, यी कार्य असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवदी र सर्र्वसत्तावादी हुन् ।’ नेपालको संविधान अनुसार केपी ओलीलाई पुनः प्रधानमन्त्रीमा निरन्तरता दिने कार्य असंवैधानिक मात्रै नभई अनैतिक समेत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाको लागि सबै लोकतन्त्रवादी शक्तिलाई एक जुट हुन समेत नेपाली कांग्रेस ललितपुरले आव्हान गरेको छ । विज्ञप्तिमा भनिएको छ,‘संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक,अलोकतान्त्रिक कार्यको विरुद्ध राजनैतिक र न्यायिक लडाई लड्ने दृढ प्रतिवद्धता पनि व्यक्त गर्दछु । ’