प्रधानमन्त्री बन्नका लागि देउवाले किर्ते हस्ताक्षर पेश गरे : ओली 

आइतबार, जेठ ९, २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध खनिएका छन् । बालुवाटारमा आइतबार दिउँसो आयोजित आफू निकट पत्रकारहरुको संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्री बनाउन दाबी गर्दा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष किर्ते हस्ताक्षर बुझाएको आरोप लगाएका छन् 

काग्रेस प्रचण्ड पथमा
उनले कांग्रेस पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्ता कब्जाको पथमा गएको आरोप लगाए । उनीहरुले त हिजो लोकतान्त्रिक प्रणालीकाविरुद्ध हतियार उठाएर गएका थिए पछिल्लो समय ट्याक्टिकल मुभ गरेर पनि उनीहरूको उद्देश्य सत्ता कब्जा नै हो प्रधानमन्त्री ओलीले भने, ‘तर आफूलाई प्रजातान्त्रिक भन्ने नेपाली कांग्रेस पनि प्रचण्डपथ अंङ्गिकार गरेर कुदेको जस्तो लाग्छ।’  उनले कांग्रेस नेत्री पुष्पा भुसालले प्रधानमन्त्री ओलीले गराउने चुनावमा आफूहरू सहभागी नहुने भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । ‘उहाँले हिजोमात्रै भनेको सुनें ओलीले गरेको चुनावमा हामी सहभागी हुँदैनौं रे कसले गर्ने चुनावमा जानुहुन्छ त उहाँहरू । आफूले चुनाव गराउने भए त जनताबाट मत ल्याएर आउनुपथ्र्यो नि’, ओलीले भने उहाँहरू आफैंले गराएको ‘चनावमा २३ सिटमा झरेको होइन ?’ 

पार्टी फुटाउ उधत् 
आलीले देउवाले आफ्नो पार्र्टीभित्र पनि बिग्रह ल्याउन खोजेको आरोप लगाए । ‘अरुको पार्टी फुटाएर बागी–विद्रोही सिर्जना गरेर एउटा होइन, केही तत्वलाई उकासेर कोहीका किर्ते सही गराएर उहाँ जानुभयो’, ओलीले भने, ‘दलहरूमा बिग्रह ल्याएर लोकतन्त्र बलियो हुन्छ ?’ ओलीले शनिबार देउवाले जारी गरेको विज्ञप्तिमा प्रयोग भएको भाषाले राष्ट्रपतिको अपमान गरेको भन्दै आपत्ति जनाएका थिए । 

‘राष्ट्रपतिको अधिकारबारे कहीँ उजुर लाग्दैन’

प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको अधिकारबारे कहीँ उजुरी नलाग्ने जिकिर गरेका छन् ।  उनले धारा ७६ (५) को प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिको स्वविवेकीय अधिकार हो भन्दै त्यसविरुद्ध प्रश्न गर्न नपाइने बताएका हुन् । ‘संविधानमा राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने यो मात्रै ठाउँ हो । यसविरुद्ध कहीँ उजुरी लाग्दैन, कहीँ हेरफेर गर्न मिल्दैन’, ओलीले भने ।  राष्ट्रपति भण्डारीले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि दिएको समयमा कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको १२१ र जनता समाजवादी पार्टीको ३२ जना गरी १५३ सांसदको समर्थन रहेको दावी पेश गरेका थिए । तर राष्ट्रपतिले दुबैको आधार नपुगेको भन्दै धारा ७६ (५) को प्रधानमन्त्री नियुक्ति गर्न अस्वीकार गरेकी थिइन् ।  प्रधानमन्त्री ओलीले राष्ट्रपतिको अधिकार नमान्ने, पद, प्रतिष्ठा र मर्यादा नमान्ने प्रवृत्ति देखिएको बताए ।
 

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १५:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार