सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् निवर्तमान सांसद गगनकुमार थापाले गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो भनेका छन् । शनिबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा प्रतिक्रिय जनाउँदै कांग्रेस नेता थापाले भनेका छन्, ‘सम्माननीय राष्ट्रपति’बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ?’ ‘आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो’ उनले भनेका छन् । नेता थापाले ट्वीट गर्दै लेखेको छन्, ‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा ! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड !! ‘सम्माननीय राष्ट्रपति’बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ? आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो ।’ कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्या भण्डारीलाई सामान्य शिष्टता पनि प्रयोग नगरी तिमी भनेको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश पोखेपछि नेता थापाको यो प्रतिक्रिया आएको हो ।