आज जिते आठ हजार ८४८ सङ्क्रमितले कोरोना

आठ हजार ९८० जनामा कोरोना सङ्क्रमण, १२९ जनाको मृत्यु
शनिबार, जेठ ८, २०७८

काठमाडौं । थप आठ हजार ९८० मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ३५७ को पिसिआर तथा ७४८ को एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः आठ हजार ५९१ र ३८९ मा सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशभर  सङ्क्रमितको कुल संख्या पाँच लाख पाँच हजार ६४३ पुगेको छ । हालसम्म २८ लाख ९७ हजार ५०३ को पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा आठ हजार ८४८ उपचारपछि निको भएर घर फर्किएका छन् । 
हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या तीन लाख ८३ हजार ६८४ पुगेको छ । कारोना निको भएको दर ७५ दशमलव ८ प्रतिशत रहेको छ । यस्तै गत २४ घण्टामा थप १२९जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ६ हजार १५३ पुगेको छ । आजसम्म मुलुकभर सक्रिय सङ्क्रमितको संख्या एक लाख नौ हजार ७४० रहेको छ । मन्त्रालयले उपलब्ध गराएको विवरणमा हालसम्म २१ लाख १३ हजार ८० ले कोरोना बिरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । दोस्रो मात्रा खोप लगाउनेको संख्या पाँच लाख १४ हजार २५३ पुगेको छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १८:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार