सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले शनिवार जारी वक्तव्यमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘तिमी’ लेखेकोमा आपत्ति जनाएका छन् । शनिवार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देउवाले जारी गरेको प्रेस वक्तव्यमा राष्ट्रपतिलाई ‘तिमी’ भनिएकोमा आपत्ति जनाएका हुन् ।देशलाई अराजकता र असभ्यतातिर लैजान खोजेको भन्दै प्रधानमन्त्री ओलीले भने,‘ मैले आज प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको औपचारिक वक्तव्य हेरेँ, राष्ट्रपतिलाई तपाई भन्ने सभ्यता समेत नेपाली कांग्रेसमा रहेनछ, तिमी, उनी ,यसो गरिन् भनिएको रहेछ ।’ओलीले भने,‘यसबाट थाहा हुन्छ, गणतन्त्रलाई खुइल्याउने पडयन्त्र कहाँसम्म पुगेको रहेछ । ’ उनले सानालाई माया गर्ने र ठूलालाई आदर गर्ने नेपालीको संस्कार भएको बताए । प्रधानमन्त्रीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बोलेका कुरा र लगाएका आरोप पनि नेपाली संस्कारसँग मेल नखाने बताए ।