सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दै छ । ओलीले ४ बजेका लागि स्थायी कमिटीको बैठक बोलाएका हुन् । बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गर्ने ऐजेण्डा रहेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनले पार्टीमा देखिएको समस्याका बारेमा पनि बैठकमा छलफल हुने बताए । नयाँ सरकार गठनका लागि वरिष्ठ नेता माधव कुमार नेपाल समूहका सांसदहरुले विपक्षी गठबन्धनसँग सहकार्य गरेकाले कारवाहीको एजेण्डा पनि रहेको उनको भनाई छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २६ जना सांसदले हस्ताक्षर गरेका थिए । हस्ताक्षर गर्ने २६ जनामध्ये आधाभन्दा धेरै आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै ओलीको सम्पर्कमा आइसकेको तामाङले दावी गरे। उनीहरु विरुद्ध कारवाही नहुने उनको भनाई छ ।
हिजो विपक्षी गठबन्धनका तर्फबाट देउवा र ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दावी पेश गरेका थिए। उक्त दावी खारेज भएपछि ओलीले मन्त्रिपरिषदको बैठकबाट प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए। सिफारिस लगतै भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । उक्त विघटनविरुद्ध उभिने नेपाल समूहले बताएको छ । यसअघि वाग्मती प्रदेशमा भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाल समूहले एमालेका उम्मेद्वार रामबहादुर थापा बादलका विरुद्धमा मत हालेको थियो। उक्त घटना क्षमायोग्य नभएको भन्दै ओली समूहका नेताहरु आक्रोशित भएका थिए ।
ओलीले शुक्रवार गरेको पत्रकार सम्मेलनमा पनि नेपाल समूहले पार्टीको निर्णय उल्लंघनको घटना गम्भीर भएको भन्दै कारवाहीको संकेत गरेका थिए । एमालेमा विवाद मिलाउन गठित कार्यदलको बैठक पनि शुक्रवार बसेको थियो। उक्त कार्यदलमा समेत नेपाल समूहको निर्णयलाई लिएर विवाद भएको थियो ।