सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपतिको प्रतिनिधिसभा विघटन विरुद्ध अदालत जानुपर्ने बताएका छन् । गए राति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । ‘१४९ सांसदको ७६(५० बमोजिमको दाबीलाई संसदमा परीक्षण नै नगरी राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको वर्खिलाप गरेको निर्णयविरुद्ध हामी अदालत गएनौं भने त फागुन ११ को सर्वोच्च फैसलाको अपमान हुन्छ’थापाले आज ट्वीट गर्दै भनेका छन् ।
साथै उनले संवैधानिक हकका लागि अदालत जानुपर्ने उल्लेख गर्दै भनेका छन्, ‘राजनीतिक लडाइँसँगै हामी १४९ सांसद हाम्रो सवैधानिक हकको लागि अदालतमै उभिएर कानूनी लडाइँ लड्न तयार रहनुपर्छ ।’ शुक्रवार प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष छुट्टाछुट्ै दाबी पेश गदैै आफ्नो पक्षमा बहुमत रहेको बताए पनि कसैको पनि बहुमत नदेखिएको राष्ट्रपतिको भनाइ थियो । यी घटनाक्रमपछि प्रतिनिधिसभा भंग गरेर चुनावको मिति तोकिएको थियो ।