संसद् विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने कांग्रेसको निर्णय

शनिबार, जेठ ८, २०७८

काठमाडौं । प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनमा जाने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयबाट रुष्ट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसका विरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ । कांग्रेसले आफ्नो नेतृत्वमा बहुमतको सरकार गठन गर्ने दाबी पेस गरेपछि राष्ट्रपतिले दाबी नपुगेको भन्दै प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेकी थिइन् । राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि दृुईवटा निवेदन परेको र दुबै निवेदनमा दाबी पुग्ने आधार नदिएको भन्दै विघटनको निर्णय गरेकी थिइन् । कांग्रेसले संसद् विघटनको विरोध गर्न नागरिक समाजलाई आह्वानसमेत गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्न कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शनिबार बिहान डाकेको बैठकले लोकतन्त्र खतरामा परेको निष्कर्ष निकाल्दै त्यसको रक्षाका लागि कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको हो । काग्रेसले अन्य दलहरुसँग पनि सहकार्य गरी लोकतन्त्र रक्षाका लागि राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको छ ।  बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा देउवाले दाबी गर्दा गर्दै पनि दाबी नपुगेको भनेर संसद् विघटन गर्नु अलोकतान्त्रिक र षडयन्त्रपूर्ण भएको कांग्रेसको ठहर छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १२:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार