पूर्वराजा ज्ञानेन्द्र शाह पनि असन्तुष्ट

भन्छन् ‘सत्ता र शक्तिको आडमा लाग्ने शासक र उनका मतियारको अपराधलाई जनताले क्षमा गर्नेछैनन्’
शनिबार, जेठ ८, २०७८

काठमाठौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासकलाई जनताले माफ नगर्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा आफ्ना धारणा सार्वजनिक गर्दै पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक दलहरुको हालैका गतिविधिमाथि कडा टिप्पणी गरेका हुन् । सत्ता र शक्तिको आडमा लाग्ने शासक तथा उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्नेछैनन् उनले ट्वीटरमा लेखेका छन् । 

उनले लेखेका छन्, ‘वैश्विक महामारीको सङ्कटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयिक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भीर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्नेछैनन् ।’ भर्खरै कोरोना जितेरा निवासमा आराम गरिरहेकाक पूर्वराजा ज्ञानेन्द्रको यी अभिव्यक्ति कोरोना महामारीले जनता भकाभक मरिहरेका बेला राजनीतिक दलका नेताहरु सत्ता तथा शक्तिका लागि गरेको हानथापप्रति आक्रोश पोखेको रुपमा लिनुपर्छ । 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १०:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार