भावी रणनीति बनाउँदै विपक्षी गठबन्धन

आन्तरिक छलफल पछि दिउसो संयुक्त बैठक, ओलीविरुद्ध एकजुट भएर लड्ने
शनिबार, जेठ ८, २०७८

काठमाडौं । मध्यरातमा संसद् विघटन गरी मध्यावधि नर्वाचन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको घोषणा पछिको घटनाक्रम र भावी रणनीति बनाउन विपक्षी गठबन्धनले संयुक्त बैठक आयोजना गरेको छन् । संयुक्त बैठब बस्नु अघि प्रमुख विपक्षी दल नेपाली कांग्रेस तथा अन्य दलहरुले आन्तरिक छलफल गरेका छन् । आन्तरिक छलफलको निष्कर्षसहित विपक्षी गठनका सहभागी दलहरु राष्ट्रपतिको कदमका विरुद्धमा रणनीति बनाउन विपक्षी गठबन्धनको संयुक्त बैठक बस्न लागेका हुन् । संविधानको धारा ७६ को उपधारा ५ वमोजिम सरकार गठनको प्रक्रियामा प्रवेशै नगरी राष्ट्रपतिले दुबै समूहको दाबी नपुग्ने भन्दै मध्यरातमा प्रतिनिधिसभा भंग गरेकी थिइन् । राष्ट्रपतिको यो कदमलाई लिएर राजनीतिक दलहरुले पति कानुनविद्हरुले तीव्र आलोचना गरेका छन् । विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षले राष्ट्रपतिको यो कदमको असंवैधानिक भन्दै कडा शब्दमा विरोध गरिहेका छन् । संविधानका जानकारहरुले दाबी नपुग्ने आधारमै नगइकन राष्ट्रपतिले मनगणन्ते कुरा गरी संसद् विघटन गरको भन्दै यो कदमप्रति आपत्ति प्रकट गरेका छन् । भावी रणनीति बनाउन विहान ११ बजे संसद् भवनमा संयुक्त बैठक बस्न लागेको हो ।  राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान समाप्त पार्न लागेको भन्दै यो गठबन्धनले प्रतिवाद गर्ने चेतावनी दिएको छ । गठबन्धनले कांग्रेस सभापति शेरहवादुर देउवालाई प्रधानमन्त्रीमा अघि सारिएको थियो ।
 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १०:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार