सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । मध्यराति प्रतिनिधिसभा विघटन भएपछि विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीसँग छलफल गरिरहेका छन् । आन्तरिक छलफलका लागि भन्दै देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीसँग गहल छलफलका लागि भन्दै बैठक डाकेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि कांग्रेस आन्तरिक तयारीमा जुटेको हो । कांग्रेस सभापति देउवाले पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गरी आगामी दिनमा ओली प्रतिगमनका विषयमा सबै पार्टीलाई एक ठाउँमा ल्याउने बारेमा विचार विमर्श गर्ने छन् ।