सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले षडयन्त्रकारीरूको उक्साहट र चाहनामा फेरि संसद्को चीरहरण भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरात पुनस्र्थापित प्रतिनिधिसभा विघटन गरी कात्तिक–मंसिरमा दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेपछि वरिष्ठ नेता नेपालको आक्रोष पूर्ण अभिव्यक्ति आएको हो । माधव–झलनाथ समूहकै कारण संसद् विघटन भई मुलुक मध्यावधि निर्वाचनमा जानु परेको एमालेका प्रवक्ता प्रदीप नेपालले आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै नेता नेपालले लेखेको छन्, ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ । प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भत्र्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’