मध्यावधि चुनाव नेपाललाई रणभूमि बनाउने पडयन्त्र : कांग्रेस नेतृ सुजाता कोइराला

शनिबार, जेठ ८, २०७८

 काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मध्यावधि चुनाव घोषणाले देशमा अस्थिरता सिर्जना गर्ने बताउँदै यो नेपाललाई रणभूमि बनाउन गरिएको षडयन्त्र भएको टिप्पणी गरेकी छन् । 
सामाजिक संजाल मार्फत उनले यो घोषणा जननिर्वाचित सरकारले जनता र देशप्रति गरेको अक्षम्य धोका र संविधानप्रतिको प्रहार भएको उनले बताएकी छन्  । संविधानको रक्षा र पालना गर्नुपर्ने संस्था नै बारम्बार संविधानको मर्ममाथि प्रहार गर्ने र देशलाई अस्थिरताको चक्रमा लैजाने नियोजित पात्रको रुपमा प्रयोग हुनु दुखद भएको उनले बताएकी छन् । लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र र संविधानको मर्ममथि ठाडो प्रहार भएको उनले उल्लेख गरेकी छन् ।  
 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  ०८:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार