मध्यरातमा डकैती गरियो : वर्षमान पुन

शनिबार, जेठ ८, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्रीका लागि दाबी पुगेन भनेर राष्ट्रपतिबाट आएको निर्णयलाई 'मध्यरातको डकैती' को संज्ञा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि पुनले सामाजिक सञ्‍जालमा लेखेका छन्, 'मध्यरातमा डकैती गरियो ? ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे ।'
 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  ०६:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार