नयाँ सरकार गठनका लागि प्रस्ताव पेस गर्ने समय सकियो

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं । राष्ट्रपतिले तोकेको समयावधिमा केपी शर्मा ओली र शेरबहादुर देउवाले दाबी पेस गरेका छन्। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि प्रस्ताव पेस गर्न दिएको समयावधि सकिएको छ। संविधानको धारा ७६ ९५० अनुसार नयाँ सरकारको गठन गर्नका लागि नेकपा एमालेका तर्फबाट केपी शर्मा ओलीले आफ्नो दाबी प्रस्तुत गरेका छन्। विपक्षी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दाबेदारी दिएका छन्। दुवै प्रस्ताव दर्ता भएरनभएको विषयबारे राष्ट्रपति कार्यालयसँग प्रतिक्रिया लिने बीबीसीको प्रयास सफल हुन सकेन। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आफूहरूसँग १५३ जना सांसदको समर्थन रहेको दाबी ओलीले पेस गरेका छन्। उता देउवाले भने १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् जसमा एमालेले आफ्नो दाबीमा पनि गणना गरेको उसका २६ सांसद र जनता समाजवादी पार्टीका १२ सांसदको हस्ताक्षर रहेको जसपा नेता मोहम्मद ईश्तियाक राईले बताएका छन्। राष्ट्रिय जनमोर्चाका एक सांसदले पनि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् । प्रतिनिधिसभामा एमालेका १२१ सांसद छन्। त्यस्तै काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९ र जसपाका ३२ सांसद छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार