सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री दाबी गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अन्य नेतासहित राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् । देउवालाई प्रधानमन्त्री बनााउन एक सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गर्न विपक्षी गठबन्धन राष्ट्रपति कार्यालय पुगेका हो । यसअघि वपक्षी गठबन्धन सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दल कार्यालयमा दाबी लगायतका सन्दर्भमा छलफल गर्न बैठक बसेको थियो । देउवाको पक्षमा उनको पार्टीका ६१, माओवादी केन्द्रका ४९, जसपाका १६, नेकपा एमाले माधवकुमार -झलनाथ खनाल समूहबाट २७ भन्दा धेरै सांसदले हस्ताक्षर गरेका छन् । नयाँ सरकार बनाउन संसद्मा कायम दुई सय ७१ सांसदमध्ये १ सय ३६ जना चाहिन्छ ।