चार दलका नेता सिंहदरबारमा 

शुक्रबार, जेठ ७, २०७८

ललितपुर  ।  पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा चार दलका नेता जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका नेता माधव नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्षद्धय बाबुराम भट्टराई,उपेन्द्र यादवसहित नेताहरु छलफलमा जुटेका हुन् । नयाँ सरकार बनाउन दाबी पेश गर्ने विषयमा उनीहरु छलफल गरिरहेको स्रोतले बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसार सरकार बनाउन शुक्रवार अपरान्ह ५ बजेसम्म समय दिएकी छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार