जसपा कार्यकारिणी समिति बैठक स्थगित

आफ्ना पूर्ववत मागमा ठोस प्रतिवद्धता नआएसम्म तठस्थ बस्ने 
शुक्रबार, जेठ ७, २०७८

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक स्थगन भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै यही जेठ ८ र ९ गतेका लागि बोलाइएको बैठक स्थगन गरेका हुन् ।  ‘यसअघि जेठ ४ गते जानकारी गरिएअनुसार जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक कोभिड–१९ बढ्दो महामारीको कारणले अर्को सूचना नभएसम्म बैठक स्थगन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।  जसपाका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षले भने एकतर्फी रुपमा बैठक स्थगन गरिएकामा आपत्ति जनाएको छ । यसअघि ठाकुर र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान सरकारमा सहभागी नभई आफ्नै दलका नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने र  नभए प्रतिपक्षमै रहेर भूमिका निर्वाह गर्ने सहमति भएको थियो । दुवै अध्यक्षका सहमतिमा कार्यकारिणी समितिको बैठक बोलाइएको थियो । यसैबीच अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षको संसदीय दलको बैठकले आफूहरुले उठाउँदै आएका मागको ठोस प्रतिवद्धता नआएसम्म सरकारमा तठस्थ बस्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको बैठकपछि जसपाका अध्यक्ष महन्थ ठाकुर सरकार गठनमा तठस्थ बस्ने जानकारी दिएका हुन् । बैठकका बारे  यादव र डा भट्टराई पक्षलाई जानकारी गराइएको थिएन् । ठाकुर–महतो समूहले संसदीय दलका नेतामा राजेन्द्र महतोलाई चयनसमेत गरिसकेको छ । सो पक्षले आफूसँग बहुमत सांसद रहेको दावी गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १४:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार