सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग छलफल गरेपछि निर्णय लिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बिहान बसेको पार्टी पदाधिकारी एवम् पूर्वपदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो । राष्ट्रपतिबाट संविधानको धारा ७६ (५)बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि गरिएको कदम सम्बन्धमा अन्य दलसँग छलफल गर्ने निर्णय गरेको हो । राष्ट्रपतिको पछिल्लो कदम संविधानको मूलमर्म विपरीत भएको निष्कर्ष निकाल्दै बैठकले अन्य दलसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि आज जेठ ७ गते साँझ ५ः०० बजेसम्म प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधिसभाका सदस्यलाई बिहीबार आह्वान गरेकी थिइन् ।