राष्ट्रियसभा अध्यक्ष माओवादीलाई, एमालेले उपाध्यक्ष लिने सहमति

सोमबार, फागुन २१, २०८०

काठमाडौं । चार राजनीतिक दलबीच राष्ट्रिय सभाका अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेकपा एमालेका उम्मेदवारलाई जिताउने सहमति भएको छ । नयाँ सत्ता समीकरण बनेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रिय सभाका अध्यक्षमा माओवादीका उम्मेदवार र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको हो । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार राजनीतिक दलको बैठकले गरेको आठ बुँदे सहमतिको दोस्रो बुँदामा भागबण्डाको विषय टुंगो लगाएको हो ।  फागुन २९ गते राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन हुँदै छ । राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाको चर्चाका बीच माओवादीले अध्यक्ष पदका लागि आफ्नै उम्मेदवार घोषणा गर्ने भनेपछि दुई राजनीतिक दलबीच तिक्तता चुलिएको हो ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  २२:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार