सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यमामा पराजित भएका छन् । उनलाई एमालेकै माधव कुमार नेपाल समूहले उम्मेदवार बनाएका डा. खिमलाल देवकोटाले हराएका हुन् । देवकोटाले ५०८८ मतभार पाएका छन् । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहले मतदान गरेको थियो । राष्ट्रियसभा सदस्यको यो मत परिणामले एमाले भित्रको विवादलाई थप संकटतर्फ धकेलि दिएको छ । केही दिनयता एमालेले एकताका लागि चरणवद्ध रुपमा छलफल गरेपनि माधव नेपाल समूहको एमाले जेठ २, २०७५ मा फर्कनु पर्ने माग सम्बोधन नगरेको रुपमा आजको मत परिणामलाई लिइएको छ । बादलका पक्षमा एमाले समूह नउभिएपछि आजै बसेको एमालेको बैठकले यस्ता गतिविधिबो भत्र्सना गरेको थियो ।