राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको सपथ फागुन २१ गते

बिहीबार, फागुन १७, २०८०
Global Ime Bank
मयुर प्लाई

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको सपथ यहि फागुन २१ गते हुने भएको छ ।  गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सदस्यहरुको सपथ फागुन २१ ग्तेका लागि राखिएको संघीय संसद सचिवालयले जनाएको छ ।  उनीहरुको सपथ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा  हुनेछ ।  राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा ९२० अनुसार कुनै सदस्यले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको एक प्रतिसहित संघीय संसद् सचिवालयमा निवेदन दिन आग्रह गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  २१:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार