डा. पुष्पराज कँडेल राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा पुनःनियुक्त

  एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत
बिहीबार, जेठ ६, २०७८

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा.पुष्पराज कँडेललाई पुनःनियुक्ति गरेको छ । प्रधानमन्त्री  केपी शर्मा ओलीले बिहीबार सिंहदरबारमा डा. कँडेललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनःनियुक्त भएपछि डा.कँडेललाई पनि आयोग उपाध्यक्षमा पुनः नियुक्त भएका हु्न् । मन्त्रिपरिषद्को पहिलो बैठकले कँडेललाई उपाध्यक्षसहित सदस्यमा डा.कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई पनि नियुक्त गरेको थियो ।  शपथ ग्रहणपछि डा. कँडेलले आजै पदभार ग्रहण गर्दै मुलुकका  एघार  स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय गरेको उहाँका प्रेसविज्ञ रामेश्वर कार्कीले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार