आठ संसदीय समितिको बैठक बस्दै  

मंगलबार, फागुन १५, २०८०

काठमाडौं । मंगलबार एकै दिन आठ वटा संसदीय समितिको बैठक बस्दैछ ।  महिला तथा सामाजिक मामिला समितिमा आज अन्तरजातीय, अन्तरभाषिक, अन्तरधार्मिक, अन्तरसांस्कृति सष्णिुता प्रवद्र्धनका विषयमा छलफल हुँदैछ । 
त्यस्तै, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधिमा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयकमा छलफल हुने कार्यसूची रहेको छ भने दिगो विकास तथा सुशासन समितिमा सुशासनका लागि विधिको शासन र संसद्को भूमिका विषयमा छलफल गर्ने कार्यसूची छ । 
आजै सार्वजनिक लेखा समिति, राष्ट्रिय सरोकार समिति, पूर्वाधार विकास समिति, अर्थ समिति र कानून न्याय तथा मानव अधिकार समितिले विविध विषयमा छलफलका लागि बैठक बोलाएका छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार