हिजो शपथ लिएका गण्डकी प्रदेशका मन्त्रीहरूले पाए जिम्मेवारी 

बिहीबार, जेठ ६, २०७८

गण्डकी । गण्डकी प्रदेश सरकारका मन्त्रीहरूले जिम्मेवारी पाएका छन् । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार केहीलाई बिना विभागिय मन्त्री तोकेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । मन्त्रिपरिषद् विस्तार गर्दा किरण गुरुङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । मन्त्रिपरिषद्मा समावेश अन्यले विना विभागीय मन्त्रीका रूपमा सपथ ग्रहण गरेका थिए । कार्यविभाजनमा मुख्यमन्त्री गुरुङले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मा आफैंसँग राखेका छन् । किरण गुरुङलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको थप जिम्मेवारी दिइएको छ । रामशरण बस्नेतलाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था, ऊर्जा जलस्रोत तथा खानेपानी, कानून सञ्चार तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । नरदेवी पुनलाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास र विकास लम्साललाई पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  ०८:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार