वडावासीको स्वास्थ्यप्रति ललितपुर महानगर २३ नं. वडाको विशेष चासो

बालबालिकाका लागि दन्त तथा अन्य वडाबासीका लागि नाक, कान र घाँटीसहित जनरल चेकजाँच निःशुल्क
आइतबार, फागुन ६, २०८०

धापाखेल (ललितपुर) । गाउँको सरकारहरूले नागरिकहरूको स्वास्थ्यतर्फ विशेष चासो देखाउन थालेका छन् । वडावासीका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने, एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउनेदेखि विभिन्न खाले दीर्घ रोगबाट पीडित वडाबासीहरूलाई उनीहरूले खाने औषधि निःशुल्क उपलब्ध गराएर वडाका जनप्रतिनिधिहरूले वडावासीको मन जित्दै आएका छन् । गाउँको सरकारका लागि निर्वाचित वडाका प्रतिनिधिले आफूहरूप्रति देखाएको विशेष चासोलाई वडावासीले पनि धन्यावाद दिँदै आएका छन् । वडाका लागि जनता, जनताका लागि वडा भन्ने भनाई यस्ता गतिविधिका कारण झन् झन सार्थक बनिरहेका छन् ।  

shibir--1708258584.jpg

यस्तैमा ललितपुर महानगरपालिका २३ नं. वडाले पनि वडावासीको स्वास्थ्यप्रति विशेष चासो देखाउँदै हिजो शनिबार एक दिने स्वास्थ्य शिवर आयोजना गर्‍यो । वडा कार्यालयको समन्वय तथा वडा स्वास्थ्य कार्यान्वनय समितिको आयोजनामा बालबालिकाहरूका लागि निःशुल्क दन्त शिविर तथा अन्य डाबासी लागि नाक, कान, घाँटीसहित जनरल चेकजाँच गराउने एक दिने निःशुल्क शिविर सम्पन्न भएको छ । शिविरमा ठूलो संख्यामा वडावासी उपस्थित भई लाभ लिएका छन् । 
‘ललितपुर महानगरपालिका वडा नं. २३ कार्यालयको आव २०८०-८१ को स्वास्थ्य तथा पोषण उपक्षेत्र अन्तर्गत बालबालिकाहरूका लागि दन्त शिविर र अन्य उमेर समूहका लागि नाक, कान, घाँटी र जनरल चेकजाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर’ नाम दिएर वडा कार्यालयले निःशुल्क स्वास्थ्य शिवर आयोजना गरेकाे हाे । 
शिविर बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म चलेको थियो । दन्त शिविरमा बच्चाहरूको दाँच निकाल्ने, दाँतको सफाई गर्नेसहितका कार्य भएका थिए भने थप उपचारका लागि चिकित्सकले परामर्श दिनुका साथै बालबालिकाका अभिभावकहरूलाई आफ्ना नानीहरूको दाँतको सफाईमा विशेष ध्यान दिन आग्रह गर्नु भएको थियो । बालबालिकाको दन्त परीक्षण दन्त चिकित्सक डा. दिलिप झाले गर्नु भएको थियो । 

jiven-23-1708259487.jpg

यस्तै काठमाडौं मोडल अस्पतालमा कार्यरत नाक, कान, घाँटीका विशेषज्ञ चिकित्सक ज्ञानेन्द्रकुमार यादवले वडावासीको नाक, कान, घाँटीसहित जनरल चेकजाँच गनुभएको थियो । काठमाडौंको वातावरणले पनि स्वास्थ्य समस्या जटिल बन्दै गएकाले सबै नागरिक सचेत हुनुपर्नेमा डा. यादवले जोड दिनुभयो । निःशुल्क स्वास्थ्य शिविरका क्रममा वडावासीको रगतको परीक्षण पनि गरिएको थियो । 
स्वास्थ्य शिविरका बारेमा वडा स्वास्थ्य कार्यान्वयन समितिका सदस्य एवम वडासदस्य राजन मल्ल ठकुरीले वडा कार्यालयले वडावासीको स्वास्थ्यमा विशेष चासो देखाएको जनाउँदै आगामी दिनमा पनि वडावासीको स्वास्थ्य एवम् मागका आधारमा शिविरसहितका  विविध गतिविधि गर्ने बताउनुभयो । 

SABI--1708259094.jpg

स्वास्थ्य शिविरका बारेमा वडा नंं. २३ का वडाअध्यक्ष जीवन महर्जनले आफू वडाअध्यक्षमा निर्वाचित भएर आएदेखि नै नयाँ सोचका साथ अघि बढ्दै आएको जानकारी दिँदै यसैको एउटा कदमका रुपमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताउनु भयो । 
'वडाले यो वर्ष स्वास्थ्य क्षेत्रमा नयाँ ढंगले काम गर्ने योजना बनाएअनुसार यो शिविर आयोजना गरिएको हो । आगमी दिनमा ज्येष्ठ नागरिकहरूको लागि आँखाको निःशुल्क शिविर तथा चस्मा वितरण गर्ने, महिलाहरूमा लाग्ने क्यान्सर रोगसम्बन्धीसहितका विविध कार्यक्रम गर्दैछौं' वडाअध्यक्ष महर्जनले भन्नुभयो, ‘वडाले गर्ने यस्ता गतिविधिमा सहभागी भएर लाभ लिन म सबै वडावासीलाई आह्वान गर्दछु ।’

23-shibir--1708259436.jpg

ललितपुर महानगर २३ नं. वडा कार्यालयले ६८ वर्ष उमेर पुगेको ज्येष्ठ नागरिकलाई प्रेसर र सुगरको औषधि निःशुल्क वितरण गर्दै आएको छ । 

yadav--1708259094.jpg
 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार