गण्डकी प्रदेशमा दोहोरिए मन्त्री 

बुधबार, जेठ ५, २०७८

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेको मन्त्रिपरिषदमा यसअघि सरकारमा सहभागी मन्त्रीलाई नै दोहो¥याएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र युवा तथा खेलकूदमन्त्री राजीव गुरुङलाई पहिलेकै मन्त्रालयको जिम्मेवारी दिइएको छ । रामशरण बस्नेत, नरदेवी पुन र विकास लम्साललाई भने विनाविभागीय मन्त्रीका रूपमा शपथ गराइएको छ । युवामन्त्री गुरुङ काठमाडौँमा रहेकाले बुधबार शपथमा सहभागी भएनन् । नवनियुक्त मन्त्रीलाई आजै प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ गराएकी छन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  २२:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार