आठ हजार सङ्क्रमित थपिए, २४६ जनाको मृत्यु

बुधबार, जेठ ५, २०७८

काठमाडौं । नेपालमा थप ८,१७३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । २४६ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। एकै दिन पुष्टि गरिएको यो सर्वाधिक सङ्ख्या हो ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधवार अपराह्न सार्वजनिक गरेको तथ्याङ्कमा विगत २४ घण्टामा पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी छ । सो अवधिमा उपत्यकामा २,हजार ४८६ जना सङ्क्रमित थपिएका छन्। तीमध्ये भक्तपुरमा २२८ र ललितपुरमा २७० जना थपिए ।  मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ७,९८९ जना सङ्क्रमणमुक्त भएका छन्। हिजो ८ हजार २०३ सय जना सङक्रमित थपिँदा  १९६ जनाको मृत्यु पुष्टि भएको थियो।

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १७:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार