‘कृषि पेसाप्रति वितृष्णा बढ्यो’

बिहीबार, माघ २५, २०८०

काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती)ले नेपालमा उत्पादित कृषि उपजले बजार नपाउँदा किसानको श्रम र पसिना बालुवामा पानी हाले सरह भएको बताएकी छन् ।  सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले कृषि उपजले बजार नपाउँदा किसानहरु निराश भएर कृषि पेसाप्रति वितृष्णा बढ्दै भएको बताएकी हुन् । उनले भनिन्, ‘नेपाल कृषिजन्य पदार्थ उत्पादनमा अग्रणी छ, तर उत्पादित कृषि उपजले बजार नपाउँदा किसानको श्रम र पसिनामा पानी हाले जस्तो भएको छ । किसानहरु निराश भएका छन् । कृषि पेसातर्फ वितृष्णा बढ्नुका साथै पेसाबाट पलायन हुनेहरु समेत बढिरहेका छन् ।’ दुग्ध किसानहरुले पाँच महिनादेखि दूधको भुक्तानी नपाएको उनले बताइन । यसले पशुपालक किसानसँगै समग्र कृषि क्षेत्रमा वितृष्णा बढाएको उनको भनाइ थियो । उनले भनिन्, ‘चितवनका किसानहरु दूधको भुक्तानीका लागि सिंहदरबार आउनु परेको छ । प्रधानमन्त्रीलाई भेट्नुपरेको छ । यो कहिलेसम्म ?’ वर्तमान सरकार हरेक क्षेत्रमा असफल भइरहेको आरोप लगाउँदै उनले भनिन्, ‘हाम्रो सन्तुलित परराष्ट्र नीति असंलग्न परराष्ट्र नीति हो । त्यसको मर्म र भावनाअनुसार वर्तमान सरकार चल्न सकेको छैन । आज वैदेशिक हस्तक्षेप बढेको छ ।’

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०४:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार