राष्ट्रपति पौडेललाई एमालेको प्रश्न, 'संसदको महासचिवमा चलखेल किन ?'

सोमबार, माघ २२, २०८०

काठमाडौं । एमालेका राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले सत्ताधारी गठबन्धनको अकमण्र्यताका कारण वर्तमान व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको  आरोप लगाएका छन् ।  राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै उनले सरकारबाटै व्यवस्थामाथि आक्रमण प्रयास भइरहेको भन्दै रोष प्रकट गरे ।  सांसद दाहालले संसदको महासचिव नियुक्तिका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको समेत आरोप लगाए । महासचिव नियुक्तिको विषय राष्ट्रपतिको कार्यालयमा पुगेर रोकिएको छ । उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘अधिवेशन सुरु भइसक्दा समेत कार्यवाहक महासचिवबाट काम चलाउनुपर्ने स्थिति कसरी सिर्जना भयो ? हामीले कस्तो राष्ट्रपति पायौं ? राष्ट्रपतिज्यु तपाईको अध्ययन चिन्तन बढी भएन र ? संसदको महासचिवमा तपाईको चलखेल किन ?’ राष्ट्रपति सम्मानित पद भएका कारण यसको गरिमालाई कायम राख्न समेत सांसद दाहालले आग्रह गरे । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार