‘ग्रास लेभल’ बाट खेलाडी उत्पादन गर्न मेयर कप : रेनु दाहाल

बिहीबार, माघ १८, २०८०
Global Ime Bank

चितवन । चितवनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘ग्रास लेभल’बाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको बताएकी छिन् ।  बुधबार सिद्धार्थ माध्यमिक विद्यालय भरतपुरको ४४औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै प्रमुख दाहालले ‘ग्रास लेभल’ बाट खेलाडी उत्पादन गर्न यही माघ २६ देखि मेयर कप विद्यालयस्तरीय क्रिकेट आयोजना गरिएको स्पष्ट पारिन् । 
उनले भनिन्, ‘३ महिनासम्म प्रतियोगिता हुन्छ, प्रतियोगिता प्रशिक्षण पनि हुनेछ । खेलकुदका पूर्वाधार भरतपुरमा धेरै बनेका छन् । खेल खेलाउन बाहिराबाट खेलाडी ल्याउन नपरोस् भनी लिग हुन लागेका हो।’
गौतमवुद्ध क्रिकेट रंगशालाको नमूना क्रिकेट मैदानमा हुने खेलमा १० वटा सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालय सहभागि हुनेछन् ।  प्रमुख दाहालले अहिले विद्यालयस्तरीय क्रिकेट लिग हुन लागेको भएपनि आगामी दिनमा फुटबल, भलिबललगायतका खेलको लिग हुने उल्लेख गरिन् । महानगरपालिकाले शिक्षासँगै रचनात्मक कार्यलाई सँगै अगाडि बढाउने उद्देश्यले व्यवहारिक शिक्षालाई जोड दिएको प्रमुख दाहालको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार