राष्ट्रिय सभा निर्वाचन : कोशीमा रुक्मिणीले जोगाइन एमालेको ‘साख’

बिहीबार, माघ ११, २०८०

काठमाडौं ।  कोशीमा सत्ता गठबन्धनको उम्मेदवारलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । कोइरालाले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गर्दै राष्ट्रिय सभा निर्वाचनमा एमालेको ‘साख’ जोगाउन सफल भएकी हुन् ।  एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन् । कोशीमा सत्ता गठबन्धन भन्दा एमाले–राप्रपा गठबन्धन ७९४ मतान्तरले पछाडि थियो ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार