राष्ट्रिय सभा निर्वाचनको परिणाम साँझ नै आउने 

बिहीबार, माघ ११, २०८०

काठमाडौं । निर्वाचन आयोगले आज (बिहीबार) साँझसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिउँसो तीन बजेसम्म मतदान कार्य जारी रहने र त्यसपछि मुचुल्का तयार गर्ने बताए । साढे चारबजेपछि मतगणना सुरु हुने र साँझ ८ बजेसम्म नतिजा आउने जानकारी शर्माले दिए । 
‘आज बेलुका करिब ८ बजेसम्म नतिजा आइसक्ने अपेक्षा आयोगलेगरेको छ,’ पौडेलले भने ।
आज बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा मतदान कार्य जारी छ  । हालसम्म करिब ७० प्रतिशतमतदान भइसकेको शर्माले जानकारी दिए । 
‘मतदान शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा भइरहेको छ । अहिलेसम्म (११ः ३०) करिब ७० प्रतिशतमत खसिसकेको अवस्था हो ।’
 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार