राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमाले र राप्रपाबीच तालमेल

सोमबार, माघ ८, २०८०

विराटनगर । राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि चयन गर्न हुन लागेको निर्वाचनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशीमा तालमेल गरेका छन् । दुई पार्टीका नेताहरुबीच सोमबार भएको छलफलमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा तालमेल गर्न सहमति भएको हो । छलफलमा एकअर्कालाई सघाउने गरी तालमेल गरिएको एमाले कोशी प्रदेशका सचेतक रेवतीरमण भण्डारीले बताए ।  उनका अनुसार एमालेका मतदाताले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई तथा राप्रपाका मतदाताले एमालेका उम्मेदवार रुक्मिणी कोइरालालाई मतदान गर्ने सहमति भएको छ ।  माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट दुई सिटका लागि मतदान हुँदैछ ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार