नेपालमा देखियो कोरोना संक्रमणको नयाँ भेरियन्ट 

मंगलबार, जेठ ४, २०७८

काठमाडौँ । नेपालमा कोभिड–१९ सङ्क्रमणको नयाँ परिवर्तित रुप ( भेरियन्ट) पत्ता लागेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागबाट कोभिड –१९  सङ्क्रमितका नमूना परीक्षण गर्दा नयाँ भेरियन्ट पत्ता लागेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन्।  नयाँ भेरियन्टसंँगै नेपालमा तीन किसिमका भेरियन्ट फेला परेका छन् । उनका अनुसार मन्त्रालयले सङ्क्रमित ३५ जनाको नमूनाको विश्व स्वास्थ्य संगठनका सहयोगमा भारतमा अणुवांशिक (जिन स्क्विन्सिङ) जाँच गर्दा ९७ प्रतिशतमा नयाँ भेरियन्ट पत्ता लगाएको हो । तीन प्रतिशतमा भने दोस्रो लहरको संक्रमण देखिएको छ । चौँतीस नमूना परीक्षणमा नयाँ भेरियन्ट देखिएको र एक जनामा मात्र पुराना भेरियन्ट देखिएको छ ।  नयाँ भेरियन्टलाई डब्लुएचओले सन् २०२१ मे १० मा  भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरिसकेको छ । डा . अधिकारीले नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण हुने बताएका छन् । 
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले भारतमा देखिएको भेरियन्ट नै अहिले यहाँ देखिएको नयाँ भेरियन्ट भएको जानकारी दिए ।  उनका अनुसार नयाँ भेरियन्ट धेरै मानिसमा सर्ने र जोखिमपूर्ण छ ।-रासस

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  २०:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार